२०८३ मङ्सिर १० गते बिहिवार

सामाजिक बिभेद अन्त्य हुनुपर्नेमा जोड

तुलसीपुर १४ जेष्ठ ।  सामाजिक बिभेद अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । समाजमा हुने विभिन्न खाले बिभेदलाइ अन्त्य गरि सभ्य समाजको निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन । साझेदारी बिकास मन्च तुलसीपुर दाङले शनिबार तुलसीपुर ४ घोरनेटिमा आयोजना गरेको जातीय छुवाछूत तथा कानुनी सचेतना बिषयक एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । समाजमा अझै पनि विभिन्न खाले सामाजिक बिभेद हुने गरेको भन्दै नकारात्मक सोचलाई बदल्नु पर्ने बक्ताहरुको भनाई थियो । साथै उनिहरुले विभिन्न खाले बिभेदका कारण सामाजिक मेलमिलाप,सामाजिक एकता,सदभाब कायम हुन नसकेको यसलाई अन्त्य गर्न सबै लाग्नु पर्ने बताएका छन ।

सस्थाका अध्यक्ष खेमराज बिश्वकर्माको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । सो अबसरमा दलित महिला संघ दाङका अध्यक्ष युबा करारा,स्वामिरुख टोल बिकास संस्थाका अध्यक्ष सालिकराम केसि लगाएतले बोल्नु भएको थियोे । साथै कार्यक्रमको प्रशिक्षकमा अधिकारकर्मि निर्मल नेपालि , सस्थाका अध्यक्ष खेमराज बिश्वकर्मा र युबा करारा रहनु भएको थियो । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको समन्वय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा भएको थियो । कार्यक्रमको सहजीकरण सस्थाका गङ्गा बिश्वकर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।