आज नेत्रलाल स्मृति दिवस मनाइंदै

दाङ, ६ जेष्ठ । आज नेत्रलाल स्मृति दिवस । विभिन्न कार्यक्रम गरि मनाइदै छ । आज शनिबार नेकपा एमाले दाङले नेत्रलाल स्मृति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । आफ्ना वजस्बी नेता अनि कम्युनिष्ट आन्दोलनका सशक्त धरोहर स्व. नेत्रलाल पौडेल ‘अभागी’को स्मृतिमा प्रत्येक बर्ष पार्टीले कार्यक्रम गर्दै आइरहेको छ । दाङको तुलसीपुर स्थित उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रमको आयोजना गरिएको एमाले दाङले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्न एमाले महासचिव शंकर पाख्रेल शुक्रबार नै दाङ आइसक्नुभएको छ ।

सो अवसरमा नेकपा एकिकृत समाजबादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पूर्वमन्त्री हिराचन्द्र केसीसहित दाङको पार्टी कमिटी नेकपा एमालेमा समाहित हुने कार्यक्रम तय भएको एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिनुभएको छ । एकिकृत समाजबादीबाट एमालेमा प्रवेश गर्न लागेका नेताहरुलाई महासचिव पोख्रेलले पार्टीमा स्वागत गर्ने अध्यक्ष बस्नेतले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया