२०८३ मङ्सिर १० गते बिहिवार

दाङमा बलात्कार मुद्धाका फरार प्रतिवादी पक्राउ

दाङ, ४ जेष्ठ । दाङमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई झन्डै एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ६ निवासी ३१ वर्षीय शुनिल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । उनलाई जबरजस्ती करणी मुद्धामा सर्वोच्च अदालत काठमाडौंकोले २०७९ जेठ १९ गते १६ वर्ष कैद र ५० हजार जरिमाना तोकेको थियो ।

तर, अदालतको उक्त फैसलापछि फरार रहेका वलीलाई बुधबार आफ्नै घरबाट पक्राउ गरेको डीएसपी गौतमले बताउनुभएको छ । पक्राउ परेका वलीलाई बाँकी कैद भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराएर कारागार कार्यालय तुलसीपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।