२०८३ भाद्र २३ गते मङ्गलवार

करिब ६ घण्टासम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने

काठमाण्डौ, ६ बैशाख । भरे राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय कुनै पनि उडान–अवतरण नहुने भएको छ । यो समयमा विमानस्थलमा यूपीएस जडान गरिने भएकाले उडान अवतरण बन्द हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यूपीएस जडान भएपछि उडान अवतरण सामान्य रुपमा हुनेछ । विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन विमानस्थलमा यूपीएस जडान गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।