२०८३ मङ्सिर ९ गते बुधवार

टरिगाउँबाट काठमाण्डौका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण 

तुलसीपुर, १५ चैत्र ।  दाङको टरिगाउँबाट काठमाण्डौका लागि उडेको सिता एयरले नेपालगञ्जमा लगेर यात्रुलाई अलपत्र पारेको छ । बिहान ११ बजे टरिगाउँ एयरपोर्टबाट काठमाण्डौका लागि उडान भरेको सिता एयरको जहाज नेपालगञ्ज विमान स्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो । विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो ।

१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो । यता सिता एयरका क्षेत्रिय डाइरेक्टर विनोद मिश्रलाई सम्पर्क गर्दा उहाँको मोबाइल सुइच अफ भएका कारण सम्पर्क हुन सकेन ।  यात्रुलाई काठमाण्डौ भनेर नेपालगञ्ज लगेर ओराल्नु सिता एयरको गम्भिर लापरवाही भएको घोराहीको रतनपुर निवासी यात्रु लक्ष्मी पहराईले बताउनुभयो । 

‘साढे १ बजे भनेर मंगलबार टिकट काटेकी थिए  । त्यहीदिन साँझ नै बुधबारका लागि बिहान ९ बजे एयरपोर्टमा आउनुहोला भन्ने खबर आयो । ९ बजे एयरपोर्टमा पुगेपछि ११ बजे जहाज काठमाण्डौका लागि उड्यो । ११ः१५ मा नेपालगञ्ज बिमास्थलमा अवतरण भयो । किन यहाँ झारेको भनेर विमान कर्मचारीलाई भन्दा मुगुकाे राराबाट आकश्मिक उडान भर्नुपर्ने भयो भन्दै अन्यत्र उड्यो ।’  लक्ष्मी पहरालाइले तुलसीपुर खबरसंग भन्नुभयो । उहाँ शुक्रबार जापान जानका लागि २ बर्षको दुधे बच्चालाई लिएर काठमाण्डौ जान जहाजमा चढ्नु भएको थियो । 

विमानका कर्मचारीले सुरुमा अर्को जहाजमा व्यवस्थापन गरेर पठाउँछौ भनेर आक्रोशित यात्रुलाई शान्त लगाएपछि कुनै मतलव नगरेको पहराइले बताउनुभयो । सिता एयरले कुनै व्यवस्थापन नगरेपछि आफू बुद्ध एयरको जहाजमा काठमाण्डौ पुगेको बताउनुभयो । सिता एयरका क्षेत्रिय डाइरेक्टर विनोद मिश्रलाई ९८५११०६१११ मा सम्पर्क गर्न खोज्दा मोबाइल सूइच अफ भएका कारण कुनै कुरा हुन पाएन । 

लक्ष्मी पहराइकाे गुनासाे सुन्न तल क्लिक गर्नुहाेस ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।