२०८३ मङ्सिर ९ गते बुधवार

पार्कबाट छुटेको बाँदरले बेलुवामा मच्चायो आतँक,, दर्जनौँ बालबालिका घाइते 

तुलसीपुर, ६ चैत्र । तुलसीपुरको राप्ती शान्ति उद्यान (पार्क) बाट छुटेको बाँदरले तुलसीपुर –९ बेलुवामा आतंक मच्चाएको छ । बाँदरले मनकामना टोल वरपरका दर्जनौँ बालबालिकालाई टोकिसकेको स्थानीय केशव भण्डारीले जानकारी दिनुभयो । बाँदरले घरवरिपरी खेल्दै गरेको र विद्यालयबाट फर्किदै गरेका बालबालिकालाई देख्ने बित्तिकै झम्टिने गरेको छ । लखेटेपछि नजिकै रहेको पिपलको बोटमा गएर बस्ने गरेको स्थानीयले बताए ।

‘गणेशपुर पार्कबाट छोडिदिएको बाँदर रहेछ । बालबालिका देख्ने बित्तिकै झम्टिहाल्छ । धेरैलाई टोकिसकेको छ । सव डिभिजन र डिभिजन वन कार्यालयमा जानकारी गराएपनि कुनै सुनवाई भएको छैन । गणेशपुर पार्कले यहाँ राख्न सक्दैनौ भन्छ । मार्ने हो भने उल्टै कारबाही होला भन्ने डर छ ।’ स्थानीय भण्डारीले भन्नुभयो । बाँदरले सडक छेउमै रहेको रुखलाई आश्रय स्थलका रुपमा लिएको छ । करिब ४ दिनदेखि त्यस क्षेत्रमा आतंक मच्चाउँदै आएको बाँदरले ६०/६५ जनालाई टोकिसकेको  स्थानीयले बताएका छन् । 

यता राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीले अन्य बाँदरहरूलाई मार्न थालेपछि छोडेको बताउनुभयो । एक महिना अघि पार्कमा ल्याएको बाँदरलाई अन्य बाँदरसँग सँगै राख्दा नमिलेर लड्न थालेपछि छोडिदिएको बताउनुभयो । उता डिभिजन वन कार्यालय दाङका वन अधिकृत मोहन प्रसाद श्रेष्ठले वन रक्षको सहयोगमा समातेर प्राकृति वासस्थानमा पठाउने बताउनुभयो ।  जंगली जनावरलाई मार्न नपाइने भन्दै नियन्त्रणमा लिएर जङ्गलमा छोड्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।