तुलसीपुर, ४ चैत । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच दोश्रो साधारणसभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले दाङ जिल्ला पर्यटकीय दृष्टि कोणले भरिपूर्ण जिल्ला भएको भन्दै यहाँ विभिन्न पर्यटकीय क्षेत्रहरु रहेको बताए । ‘दाङ जिल्ला पर्यटकीय तथा धार्मिक दृष्टिकोणले भरिपूर्ण छ यहाँ विश्वकै अग्लो त्रिशूल र अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू छन् । त्यस्तै मल्लले यस क्षेत्रको विकासका लागि तुलसीपुर एयरपोर्ट महत्वपूर्ण भएको भन्दै एयरपोर्टको विकासका लािग लागि सवै लाग्नु पर्ने बताए । ‘तुलसीपुरमा रहको एयरपोर्टको विस्तार हुन जरूरी छ यसले नै सबै क्षेत्रलाई जोड्ने छ उनले भने ।’ मल्लले यही एयरपोर्टलाई विकास गर्न सकिन्छ वा अन्य क्षेत्रमा जग्गा व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सबैको बहस हुनुपर्ने बताए । एयरपोर्टको विकास भयो भने लुम्बिनी प्रदेशको उन्नति हुने बताए । त्यस्तै उनले स्थानीय स्रोत र साधनमा आधारीत उद्योगहरु सञ्चालन गरि स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । ‘यहाँको स्रोत साधनलाई प्रयोग गरि स्थानीय सरकारसँगको साझेदारीमा ससाना उद्योगहरू सञ्चालन गर्नुहोस् त्यसको बजारीकरणका लागि हामी लाग्ने छौं – मल्लले भने । उनले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा आफूहरूले बजारीकरणका लागि पहल गर्ने तर्क गरे ।
पछिल्लो समयमा अर्थतन्त्रमा केही समस्या आएको भन्दै यसलाई सफल र अर्थतन्त्रलाई माथि उठाउन सवै लाग्नुपपर्ने बताए । उनले बैंकहरूले पनि व्याज बढाएको भन्दै यसलाई घटाउन पहल भई रहेको बताए । ‘राष्ट्रि बैंक, राष्ट्रिय योजना आयोग तथा केही संस्थाहरूको समन्वय नहुँदा केहि समस्या भएको बताए । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खडकले कोरोनाका कारण मुलुकको अर्थतन्त्र बलियो हुन नसकेको भन्दै ब्यापार व्यवसाय खसकिएको बताए । ‘आर्थिक उत्पादन नहुँदा कारोबार हुन सकेको छैन् यस वर्ष पनि आर्थिक बृद्धि हुन कठिन छ मेयर खड्काले भने ।’
त्यसैगरी प्रमुख जिल्ला अधिकारी सुशील वैधले निजी क्षेत्रको सहकार्य बाट देशमा आर्थिक समृद्धि हुने भन्दै राज्य र निजी क्षेत्रले एकताले देशको विकास हुने बताए । त्यस्तै उनले व्यवसायीहरू पनि आफ्नो नीति नियममा रहेर अगाडि बढनुपर्ने भन्दै राज्यले व्यवसायीक सुरक्षा दिने बताए । त्यस्तै त्यस्तै चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महराले ब्यबसायमा आर्थिक चलायमान भएको भन्दै देशको आर्थिक अवस्था निकै कम्जोर भएको भन्दै उद्योगी ब्यबसायीहरुले आर्थिक चपेटामा परेर बताए ।
उनले बैकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था भएको भन्दै विभिन्न कारणले आत्महत्या देखि विदेश पलाइन हुने सम्म भएको बताए । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित प्रमुख राजेन्द्र भण्डारीले यस क्षेत्रको आर्थिक सामाजिक बिकासका लागि सस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए । उनले नीति नियमअनुसार आफूहरूले व्यवसायीहरुलाई कर अशुलीका लागि पत्राचार गरेको भन्दै अन्य कुराहरु नभएको बताए । तुलसीपुर उधोग बाणिज्य सघका उपाध्यक्ष रुप बहादुर खत्रीले तुलसीपुरमा रहेको एयरपोर्ट सञ्चालन भएपनि यसको विकास र विस्तार हुन नसकेको बताए ।
उनले आम ब्यापार व्यवसाय धरासय बन्दै गएको अवस्थामा सम्पूर्ण व्यवसायीहरू एकताबद्ध भएर जानु पर्ने बताए । कार्यक्रममा नेपाल उद्योग ब्यापार सङ्गठनका अध्यक्ष घनश्याम डाँगी, नेपाल उद्योग वाणिज्य व्यवसाय महासंघ तुलसीपुरका अध्यक्ष होताराम आचार्य योग प्रशिक्षक डा अनुप कुमार श्रेष्ठ तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, नेकपा माओवादीका प्रेम वली ,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी , प्रजातान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष जनक प्रसाद खराल, व्यवसायी गोकर्ण गिरी, तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वली, गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जिएम ,राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर बुढाथोकी , पतञ्जलि योग समिति तुलसीपुरका वामदेव धिताल लगायतले बोलेका थिए । तुलसीपुर चेम्बरका उपाध्यक्ष वेणु अधिकारीकाे धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमकाे सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।
सो अवसरमा पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रमा महत्वपूर्ण योगादान पुर्याएको भन्दै रेडियो प्रकृति एफएमकी प्रेम कुमारी मगर लगायत विभिन्न क्षेत्रका १४ जनालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नागरिक केयर हस्पिटल तुलसीपुरले निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।