२०८३ मङ्सिर ९ गते बुधवार

सरकारले वृद्धि गरेको दुधको मूल्य कायम गर्न दाङका पशुपालक किसानको माग

तुलसीपुर, ३० फागुन । राष्ट्रीय व्यवसायीक पशुपांलन तथा दुग्ध उत्पादक कृषक समाज दाङले दुधको मुल्य वृद्धि कायम गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । सरकारले पागुन १८ गते दुध उत्पादक किसानको लागत मुल्य उठाउन प्रतिलिटर १० रुपैया वृद्धि गरे पछि समाजले यस्तो आग्रह गरेको हो ।

समाजका अध्यक्ष शसीराम बुढाथोकीले एक प्रेस विज्ञप्ती जारी गर्दै चैत्र १ गतेदेखि वृद्धि मूल्य कायम गर्न डेरी व्यवसायी, सहकारी संघ, संस्था, कलेक्सन सेन्टर, उपभोक्ता सबैलाई आग्रह गर्नुभएको छ । त्यसैगरी वृद्धि मूल्य कार्यान्वयन गरे नगरेको विषयमा अनुगमण गरेर सहजीकरण गर्न जिल्लाका स्थानीय सरकारलाई अनुरोध गर्दै विज्ञप्तीमा यदि वृद्धि मूल्य कायम नगरे आन्दोनल गर्ने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।