२०८३ मङ्सिर ९ गते बुधवार

विद्यार्थीलाई उत्पादनसँग जोड्दै जीवन ज्योति


तुलसीपुर, २७ फागुन । जीवन ज्योति इङ्लिस मिडियम स्कुल तुलसीपुर ८ ले विद्यार्थीलाई उत्पादनसँग जोड्न थालेको छ । पढ्दै, सिक्दै, कमाउँदै अभियान अन्तर्गत  कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई उनीहरूको रुचि र चाहना अनुसार उत्पादनमा जोडेको प्रिन्सिपल केपी न्यौपानेले जानकारी दिनुभयो । विद्यालयले पहिलो चरणमा उत्पादनको परीक्षण गरेको छ ।

उत्पादन परीक्षण अन्तर्गत विद्यार्थीहरूले केराको चिप्स, दही, पुष्टकारी, गुँदपाक, छुर्पी उत्पादन गरेका छन् भने बगैंचा बनाएर फुलका बेर्ना समेत  तयार गरेका छन् । विद्यार्थीहरूलाई सीपयुक्त र अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम बनाएर उत्पादनलाई सँगै लिएर जाने प्रिन्सिपल न्यौपानेले बताउनुभयो । आगामी शैक्षिकसत्रमा १० जना अभिभावक र १० जना विद्यार्थीहरूलाई उत्पादनमा जोडिने छ । यो अभियानले विद्यार्थीलाई स्वरोजगारमा सहयोग पुग्ने विद्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।