२०८३ मङ्सिर ९ गते बुधवार

रोल्पामा आगलागीमा परी एकजनाको मृत्यु

चेतन वली । तुलसीपुर, १५ फागुन । रोल्पामा गयराती भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको सुनिलस्मृती गाउँपालिका ८ चिन्नेमा रहेको भुपनारायण घर्तीको मान्छे नवस्ने घरमा आइतबार राती साढे ११ बजेको समयमा आगलागी हुदा पहिचान नखुलेको एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाकारी दिएको छ ।

एक्कासी घरमा आगलागी भएको थाहा पायपछी स्थानीयले आगो निभाउने क्रममा मृत अवस्थामा पुरुषको शव देखेपछी गयराती साढे २ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । त्यस पश्चात प्रहरीको टोली घटना स्थलमा पुगेर स्थानिय र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको छ । घरधनी श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको र श्रीमती पनी जिल्ला बाहिर रहेको खुलेको प्रहरीले बताएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।