तुलसीपुर , १३ फगुन । सिता एयरले भाडा घटाएकाे दुइ सातामा नेपाल एयरलाइन्सले दाङ–काठमाडौंकाे भाडादर घटाएको छ। शनिबारदेखि लागु हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा ६ हजार ३ सय कायम गरिएकाे नेपाल एयरलाइन्सका दाङ स्टेशनका प्रमुख महेन्द्र कुमार शर्माले जानकारी दिनुभएकाे छ ।
यस अघि दाङ काठमाडौं भाडा ८ हजार ८ सय रुपैयाँ रहेको थियाे । त्यसैगरी काठमाडौ दाङको पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो भने अहिले कायम गरेको भाडादर ६ हजार ५ सय तोकिएको छ । नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान भर्दै आएकाे छ । सीता एयरले पनि उडान भरिरहेको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।