२०८३ मङ्सिर ९ गते बुधवार

 राप्ती शान्ति उद्यानलाई घोडा हस्तान्तरण

तुलसीपुर, १२ फागुन । ग्रीन फाउण्डेसन नेपाल दाङले राप्ती शान्ति उद्यान तुलसीपुरलाई घोडा हस्तारण गरेको छ । एक कार्यक्रमका बीच पार्कका अध्यक्ष डिल्ली भण्डारीलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का र ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।  हस्तातरण कार्यक्रमपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले इतिहास झल्काउने प्रतीकका रुपमा रहेको घोडाको प्राकृतिक रुपमा पनि उत्तिकै महत्व रहेको बताउनुभयो । तुलसीपुरको पहिचान  र गौरवका रुपमा रहेको पार्कलाई घोडाले थप आकर्षक बनाएको बताउँदै नजिकका पर्यटकीय क्षेत्रको अवलोकन पनि घोडा सवारीबाटै गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा ग्रिन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले स्थानीय समुदाय आर्थिक रूपले बलियो नहुँदासम्म देश समृद्ध नहुने भएकाले पर्यापर्यटन क्षेत्रको विकास हुन जरुरी रहेको बताउनुभयो ।  ग्रीन फाउण्डेसन दाङका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली, पार्कका अध्यक्ष डिल्ली भण्डारी, गणेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलाधर विश्वकर्मा, पार्कका सल्लाहकार लोकमणि पन्थी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेसनका सीएम विश्वकर्माले गर्नु भएको थियो ।।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।