कर्मचारीको निधनभएपछि तुलसीपुर उपमहानगरपालिकाको सेवा बन्द

तुलसीपुर, ८ फागुन । तुलसीपुर उपमहानगरले प्रदान गर्दै आइरह्को सेवा बन्द गरेको छ । नगर प्रवक्ता माधव ओलीद्धारा जारी प्रेस विज्ञेप्तीमा कार्यालय सहयोगी जिताराम चौधरीको निधन भएपछि उपमहानगरपालिका कार्यालय अन्तर्गत पर्ने सबै सेवा एक दिनका लागि बन्द गरेको उल्लेख गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ११ निवासी चौधरी २०६४ माघदेखि नियमित कार्यालय सहयोगी पदमा कार्यरत रहनु भएको थियो । उहाँको आइतबार राति निधन भएको हो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया