२०८३ असोज २४ गते शनिवार

यस्तो छ राष्ट्रपति दाङको बेलझुण्डीमा आउने कार्यतालिका

तुलसीपुर, ३ फागनु । संस्कृत विश्वविद्यालयमा निर्मित आयुर्वेद शिक्षण भवनको उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङको बेलझुण्डीमा आउँदै हुनुहुन्छ । २४ करोड ७२ लाख लागतमा २०७४ मंसिर ३ गते निर्माण कार्य पुरा भएको भवनको एकसय आठवटा कोठा रहेका छन् । भवन निर्माणका लागि २०७० असार १७ गते टुन्नामुन्ना एण्ड आचार्य कन्ट्रक्सन जेभिले विश्वविद्यालयसंग सम्झौता गरेको थियो । विश्वविद्यालयमा १२ आंगिक र १२ सम्बन्धन प्राप्त क्याम्पसहरु रहेका छन् । राष्ट्रपति आउनुभन्दा अगाबै १० बजेभित्र आमन्त्रीतहरु कार्यक्रम स्थलमा पुग्नुपर्ने छ ।

कार्यक्रम तालिका भवनको उद्घाटन  ११:०० बजे उद्घाटन दिपप्रज्ज्वलन र सरस्वतीमो मूर्तिमा माल्र्यापण स्वागत छात्रछात्राहरुबाट स्वदेशगान योगकार्यक्रम संस्कृत विश्वविद्यालयको जानकारी प्रदेश प्रमुख, मुख्यमन्त्री, संचारमन्त्रीबाट शुभकामना मन्तव्य राष्ट्रपतिबाट सम्बोधन समापन

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।