२०८३ असार २६ गते शुक्रवार

तुलसीपुरका विद्युत पोलमा रहेका तारलाई व्यवस्थित गर्ने 

तुलसीपुर, २७ माघ । दाङको तुलसीपुरमा अस्तव्यस्त रहेका केबुलका तारलाई व्यवस्थित गरिने भएको छ । विद्युतका पोलहरुमा जथाभावी रुपमा राखिएका तारहरु छित्रिएका कारण बजारको सौन्दर्य हराउन थालेको भन्दै व्यवस्थित गरिने भएको हो ।

तुलसीपुरमा बसेको विद्युत प्राधिकरण, केवल संचालक, प्रहरी र वडाध्यक्ष लगायतको संयुक्त बैठकले छत्रिएर रहेका तार र बक्सलाई प्रत्येक शनिबार  एकत्रित गरेर व्यवस्थापन गर्ने निर्णय गरेको हो । तुलसीपुरमा केबलका १२ वटा कम्पनीले विद्युतको पोल मार्फत तार विस्तार गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञान प्रसाद फर्सालले जानकारी दिनुभयो ।। 

 

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया