२०८३ मङ्सिर ९ गते बुधवार

दाङमा एयर सस्पेन्सन सिल्पर एसी बस सञ्चालनमा 

तुलसीपुर, २४ माघ । दाङको तुलसीपुरमा सुविधा सम्पन्न बसहरू भित्रिएका छन् । यात्रुहरूको आरामदायी यात्राका लागि त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने  एयर सस्पेन्सन सिल्पर एसी बस सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । प्रविधिको विकास र यात्रुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको ३६ सिटे बसमा  ४ वटा सिटमा सुत्न मिल्ने छ ।
बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ । प्रत्येक दिन एउटा मात्र बस तुलसीपुरबाट काठमाण्डौका लागि छुट्ने छ । दाङको तुलसीपुरबाट बेलुकी साढे पाँच बजे र काठमाण्डौबाट पौने ६ बजे एयर सस्पेन्सन सिल्पर एसी बस छुट्ने छ ।  प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस अघि ब्लुस्काई, सेभेन स्टार सञ्चालनमा ल्याइसकेको र अहिले  पहिलो चरणमा सस्पेन्सन ४ वटा बस ल्याइएको छ ।

  सो अवसरमा कार्यक्रमका प्रमुख अथिति  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सुविधा सम्पन्न आरामदायी बस सञ्चालनमा ल्याउनु गौरवको कुरा भएको बताउँदै यात्रुमैत्री व्यवहारका लागि ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रालिका सल्लाहकार शरद रेग्मीले गर्नु भएको थियो । प्रशासनिक सचिव प्रकाश भट्टले विषयवस्तु माथि प्रकाश पारेको पत्रकार सम्मेलनमा स्वागत पूर्व सचिव नारायण प्रसाद न्यौपानेले गर्नुभएको थियो । 

  

 

 सस्सपेन्सन बसकाे   सीट 

 

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।