तुलसीपुर, १७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका– ११ नम्बर वडाले गरिब, विपन्न तथा बेरोजगारलाई रोजगार बनाउन नयाँ अवधारणा अघि सारेको छ । खेतीपाती गरेर चार महिना खान नपुग्ने, काम नपाएर बेरोजगार बस्नुपर्ने बाध्यतामा रहेका र घरखर्च चलाउन मुस्किल भएका वडा बासीलाई बेमौसमी तरकारी खेतीसँग जोड्ने तयारी वडाले गरेको छ ।
गरिब तथा विपन्न वर्गलाई वडा सरकारको अनुभुति गराउन २० बिगाहा जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्न लागेको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो । यसका लागि इच्छुक व्यक्तिले फागुन १७ गतेसम्म वडा कार्यालयमा पुगेर आवेदन दिनुपर्ने छ । वडाले प्रति व्यक्ति पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउनुका साथै मल, बिउँ तथा बजारीकरणको समेत व्यवस्थाका लागि सहजीकरण गर्ने वडा अध्यक्ष रावतले बताउनुभयो ।
आर्थिक अभावकै कारण पीडामा रहेका वडा बासीलाई आर्थिक सङ्कटबाट मुक्त गरि केही राहतको महसुस बनाउने उद्देश्य राखेर यो अभियान चलाउन वडा सम्भव त दाङमा पहिलो भएको कतिपयको बुझाइ रहेको छ । देख्दा सामान्य लाग्ने तर मान्छेको मनछुने काम गरेर ११ नम्बर वडाले आफ्नो छुट्टै पहिचान दिलाएको छ । वडा अध्यक्ष रावतले नेतृत्व गरेदेखि व्यवासायकि किसानहरुलाई वार्षिक अनुदानको व्यवस्था लागु गर्नु भएको छ ।।






