२०८३ मङ्सिर ९ गते बुधवार

अन्तरघात गर्नेलाई कारबाही गर्नुपर्छ : केन्द्रिय सदस्य पाण्डे 

 तुलसीपुर, २६ पुस । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले निर्वाचनमा अन्तरघात गर्नेलाई अपराधका आधारमा कारबाही गर्नुपर्ने बताउनु भएको छ । आफनै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई कारबाही नगर्दा आत्मबल झनै बढ्ने भएकाले इतिहासमा दर्ज हुनेगरि लिपिवद्ध गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले प्रदेश समन्वय कमिटीको आयोजनामा तुलसीपुरको पार्टी कार्यालयमा भएको निर्वाचनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनु भएको हो ।
‘जो जसको नाम आएको छ । जसलाई संका लागेको छ । उहाँको नाम लिपिवद्ध गरौं । कस्तो कारबाही गर्ने हो । अपराधका आधार गरौ । नत्र आगामी दिनमा पनि यस्तो समस्या दोहिरिन सक्छ । तर आग्रह, पूर्वाग्रह, नजिक या टाढाको हिसाबले होइन । सत्य तथ्य र प्रमाणका आधारमा कारबाही गर्नुपर्छ ।’ पाण्डेले भन्नुभयो । सत्ताको चरम दुरुपयोग, जातीय नारा र कडा गठबन्धनका कारण निर्वाचनमा अपेक्षा गरे अनुसार नतिजा नआएको केन्द्रिय सदस्य पाण्डेले बताउनुभयो ।

पाण्डेकाे अडियाे सुन्न तल क्लिक गर्नुहाेस ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कोमल वलीले आफ्नै पार्टीका पनि केही तप्काले घण्टीमा भोट दिएका कारण सोचे अनुसार परिणाम आउन नसकेको बताउनुभयो । ‘पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले एमालेले अघि सारेका एजेण्डालाई जनताको माझमा स्थापित गराउन नसक्दा पनि समस्या भएको ओलीले बताउनुभयो । चुनावमा सबै खट्नुभयो । मत नआएको होइन, आएको छ । तर  संसद्‌मा उपस्थिति हुनेगरि आउन सकेन । यो जनताले मत नदिएर नै भएको हो । त्यसकारण दृढ संकल्पका साथ लाग्न सकिएन ।’ ओलीले भन्नुभयो ।

समन्वय कमिटीका अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा प्रदेश सांसद रेखा शर्मा, एमाले  जिल्ला कमिटी दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी लगायतले बोल्नु भएको थियो ।  सो अवसरमा अन्य सहभागीले एमालेका नेतादेखि वडा अध्यक्षहरूका समेत विपक्षीको पैसामा बिक्री भएकाले त्यस्ता व्यक्तिलाई पार्टीले यथाशीघ्र कारबाही गर्नुपर्ने माग राखेको  परदेश समन्वय कमिटी सचिव तुलसा पोख्रेलले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।