२०८३ कार्तिक १२ गते बिहिवार

गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदै 

काठमाडौ, १५ पुस । गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदैछ । गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकारहरू बताउँछन । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् ।

आजको दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ ।सरकारले तमु ल्होसारको अवसरमा आजसार्वजनिक बिदा दिएको छ ।नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोउल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धूमधामसँग मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।