२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर महोत्सव हाउस फूल !

दाङ, ९ पुस । लुम्बिनी प्रथम प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा हजारौं नागरिकले मेलाको अवलोकन गरेका छन् । महोत्सवको १४ औ दिन शनिबार भएकाले पनि दर्शकहरूको उल्लेख्य सहभागिता रहेको आयोजक संस्था युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिनुभयो ।  आज गायिका एलिना चौहान, गायक रोशन सिंह, डान्सर निशु रसाइली, एमटि महर लगायत राष्ट्रिय तथा स्थानि यस्तरका कलाकारको प्रस्तुतीमा दर्शकहरू रमेका थिए ।
त्यस्तै आजपनि करिब १५  हजार बढी दर्शकले मेलाको अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।  त्यस्तै भोली चर्चित गायक खेम सेन्चुरी, नरेश खाती, गायक प्रेमविवश घर्तीलगायतका राष्ट्रिय तथा स्थानी यस्तरका  कलाकारको प्रस्तुती रहने भएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव २ दिन थप गरेसँगै आगामी ११ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।