२०८३ असोज ६ गते मङ्गलवार

वद्री पँगेनीकाे प्रस्तुतीले तात्यो तुलसीपुर महोत्सव

तुलसीपुर ६ पुस ।  दाङको तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सव आज ११ औ दिन पनि जारी छ । मेला सञ्चालनको २/३ दिनसम्म खाली देखिने महोत्सव स्थल हिजोआज भरिभराउ देखिन थालेको छ । ११औं दिनका मुख्य आकर्षक बन्नु भएका गायक बद्री पँगेनीले स्टेज चढ्ने बित्तिकै ‘आमा बिदा पाउँदिनँ’ बोलको गीत गाउनु भएको थियो ।  गाउँदै दर्शकहरू नजिकै पुग्दै गर्दा धेरै आमाहरू भने पँगेनीकाे मुहार हेर्दै आँसु झरिरहेका थिए । गायक पङ्गेनीको गीतमा महिलाहरू मात्रै होइन पुरुषहरूका पनि आँसु थामिएनन् ।

सुरुमा दुःखको गीत गाएर रुहाउनु भएका पँगेनीले दर्शकहरूलाई समाल्न फेरि छमछमी नचाउने गीत गाउनु भएको थियो । ‘कान्छी सालीमा, रातो पछ्यौरी, लगाएतका गीत गाउँदै गर्दा दर्शकहरु फेरि खुसी हुँदै नाचेर साथ दिएका थिए । पुस ९ सम्म चल्ने महोत्सवमा मोडल तथा डान्सर अञ्जली अधिकारीको नृत्यले पनि माहोल तातिएको थियो । तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापनार्थ संचालन भएको महोत्सवमा  स्थानीय कलाकारहरूले पनि विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । भोलि भने गायक प्रमोद खरेल लगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने आयोजकले बताएको छ ।

महोत्सव सञ्चालन भएदेखि हालसम्म करिब दुई लाख दर्शकले मेला अवलोकन गरेको र करिब एक करोड बढीको कारोबार भएको आयोजक युथ्स अफ क्लब तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिनुभयो । महोत्सव मंसिर २५ गतेबाट पुस ६ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकको भिड बढ्न थालेपछि मेला तीनदिन थप गरिएको आयोजकले बताएको छ । निकै संकटकाबीच सुरु भएको महोत्सव हेर्न आउने दर्शकहरूको भिडभाड दिनप्रतिदिन बढ्न थालेको आयोजकले बताएको छ ।।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।