तुलसीपुर, ६ पुस । नेपाल पर्यटन बोर्डका क्यानेडियन पर्यटन दुत नरबहादुर टण्डनले अपाङ्गता भएकी एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका –१ हिरापुर निबासी निर्मला कुमारी ऐरलाई ३७ हजार २० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो । शिशु अवस्थामा कुपोषण हुँदै पोलियोका कारण निर्मलाको दुबै खुट्टाले काम छोडेपछि घस्रेर भित्र बाहिर हिड्दै गरेको दृष्य सामाजिक संजालमा देखेपछि टण्डनले हूइलचियरका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।
विगत लामो समयदेखि क्यानाडमा बस्दै आउनु भएका टण्डनले एक दशक देखि विभिन्न सामाजिक अभियान मार्फत नेपालमा शिक्षा, स्वास्थ्यसंगै गरिब तथा विपन्न परिवरालाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । ४० बर्षसम्म कहिकतैबाट सहयोग नपाएकी निर्मलाको आर्थिक अभावकै कारण हुइलचियर नहुँदा घस्रेर हिड्नुपर्ने बाध्यताको दृष्य टिभी पृथूले प्रसारण गरेको देखेपछि पर्यटन दुत टण्डनले आर्थिक सहयोग गर्नुभएको हो । दाङको तुलसीपुर निबासी टण्डन विगत लामो समय देखि क्यानाडामा बस्दै आउनु भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।