तुलसीपुर, ३ कार्तिक । जिल्ला निर्वाचन व्यवस्थापन समिति दाङले उम्मेदवारहरुसंग छलफल गरेको छ । निर्वाचन आचारसंहिताको कार्यान्वयनका विषयमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवासंग छलफल गरिएको हो । सो अवसरमा राजनीतिक दल, भातृसंगठन, कर्मचारी, शिक्षक लगाएतले निर्वाचनको समयावधिभर पालना गर्नुपर्ने आचार संहितका विषयमा जानकारी गराउनुका साथै उम्मेदवारले खर्च गर्न पाउने मापदण्डका विषयमा जानकारी गराइएको थियो ।
आचारसंहिता अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले प्रति व्यक्ति ३३ लाख र २१ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभाका उम्मेदवारले ३१ लाख, प्रदेश सभा तर्फ २ को (१) मा १९ लाख र २ को (२) मा १७ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवारले ३१ लाख र प्रदेश सभा तर्फ ३ को (१) मा १७ लाख र ३ को (२) मा १९ लाख रुपैयाँ खर्च गर्न पाउने आयोगले बताएको छ । आयोजक अनुसार दाङका ३ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा तर्फ ४३ र प्रदेश सभा तर्फ ४६ जना उम्मेदवार रहेका छन् । अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले आचारसंहितलाई कडाईका साथ पलना गराउन तर्फ अयोग लाग्नु पर्ने सुझाव दिएका थिए ।
सोअवसर प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने र आचारसंहिता पालना नभएको पाइएमा त्यस्ता राजनीतिक दल वा उम्मेदवारलाई कारबाही गरिने बताउनुभयो । कार्यक्रम निर्वाचन अधिकृत डोलनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।