तुलसीपुर, ६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्ट बन्ने पर्ने बताउनु भएको छ । बिहीबार दाङको तुलसीपुर स्थित टरिगाउँ एरपोर्टको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ७२ सिटे जहाज बसाल्नकालागि अहिलेको धावनमार्गलाई विस्तार गर्न आबश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले यसका लागि विस्तृत सर्भे गर्नुपर्ने बताउनुभयो । एयरपोर्ट बनाउनुपर्छ भन्ने उद्देश्य लिएर नै आफुहरु काठमाण्डौबाट दाङमा आएको बताउँदै यस अघि सर्भे गरिएको भएपनि विस्तृत रुपमा यसको पुनः सर्भे गर्नुपर्ने बताउनुभयो ।
सकभर दशै अघि नभए दशै पछि प्राविधिकको टोली पठाएर यसको विस्तृत सर्भे गरेर त्यसको आधारमा बजेटको सुनिश्चितता गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । सर्भे गरे लगत्तै हाल ७ सय ५० मिटर बाट बढाएर एक हजार ६ सय मिटरको धावनमार्ग बनाउने उहाँले बताउनुभयो ।
सो अवसरमा सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चुनाबी प्रचार भन्दा पनि काम गर्नकै लागि आएको प्रतिकृया दिनुभएको थियो । सामाजिक संजाल फेसवुकमा चुनावको नजिकै एयरपोर्टको नाटक मञ्चन भन्दै तिब्र आलोचन भइरहँदा मन्त्रीहरुको यस्तो प्रकृया आएको हो । यता तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले मन्त्रीहरुको आगामणले आफुहरु अति खुशी भएको बताउनुभयो । पर्यटनमन्त्री सहित ३ जना मन्त्री आउँदा अब एयपोर्टको स्तर वृद्धि हुन्छकी भन्ने आशामा पलाएको बताउँदै चुनाबी प्रचार भन्ने नारालाई गलत सावित गर्न काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
मन्त्रीहरु नेपालगंजबाट समिट एयरको जहाजमा टरिगाउँ एयरपोर्टमा आएर एक घन्टा बसेर गएका थिए । अहिले एयरपोर्टमा हप्तामा तीन दिन मात्रै उडान हुने गरेको छ । नेपाल बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज विग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, विहीबार र शुक्रबार मात्रै फ्लाईट हुने गरेको छ । यस अघि दैनिक हवाई सेवा थियो । अहिले दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० रुपैयाँ छ भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।