२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुुरमा आयो ‘राडर गन’

तुलसीपुर, २ असोज । तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि त्यसको न्यूनिकरणका लागि तुलसीपुरमा राडर गन ल्याइएको छ । अधिकांस दुर्घटना तिब्र गतिका कारण भएको तथ्याङ्क देखिएपछि १५ लाख मूल्यको राडर गन ल्याएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

तीन सय मिटर टाढासम्म कुन गाडी कति गतिमा गुडेको छ त्यसको अंक गनमा देखाउँनुका साथै तस्बिर पनि खिच्ने भएकोले राडर गन निकै उपयोगी हुने डिएसपी मल्लले बताउनुभयो । अब केहि दिनमै ट्राफिक प्रहरी सहित सडकमा पठाईने छ । राडर गन तुलसीपुरमा पहिलो पटक ल्याईको हो ।

यस अघि ट्राफिकसंग मापसे चेक गर्ने ब्रेथलाइजर मेसिन मात्र थियो । गन संचालनमा आएसंगै अब बजार क्षेत्रभित्र सवारी साधन स्पिडमा चलाउन पाइने छैन । बजार क्षेत्रको गति अब प्रति घन्टा २० किलोमिटरको हुने छ । त्यो भन्दा बढी भएमा जरीबान गरिने छ । प्रहरीका अनुसार दक्षिणमा एयरपोर्ट, पूर्वमा मोतिपुर गेट, पश्चिममा भ्याली पेट्रोल पम्प र उत्तरमा डाँडापातुलाई बजार क्षेत्र मानिने छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया