घोराही, १७ भदौ । तुलसीपुर–घोराही फोरलेन सडकको काम पुस १५ गते (डिसेम्बर) सम्म ३० प्रतिश गर्ने सहमति भएको छ । कामको जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनले हालको कामलाई तिब्रता दिएर पुस महिनासम्म ३० प्रतिश पु¥याउने सहमति जनाएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । अहिले कामको प्रगति १० प्रतिशत मात्र रहेको छ । श्रेष्ठ कन्ट्रक्सनका म्यानिजीङक डाइरेक्टर रोषण श्रेष्ठ भारतीय कम्पनी, तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्टका आधिकारी प्रतिनिधी भएको सडक सुधार आयोजनाले जनाएको छ ।
त्यसैगरी निर्माण कम्पनीले १५ दिनभित्र सडमा भएका सबै खाल्डाखुल्डी पुर्ने सहमती पनि भएको छ । सडक निर्माणको जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनको तर्फबाट प्रतिनिधित्व गर्नुभएका इन्जिनियर शेखर शर्माले तोकेको समयमा काम पुरा गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।सडको कामलाई तिब्रता दिनका लागि जिल्ला समन्वय समितिका प्रमुखको समयोजकत्वमा घोराही, तुलसीपुर उपमहानगरका मेयर, सडक सुधार आयोजनाका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधी प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायी रहने गरी समन्वय समिति समेत गठन गठन गरिएको छ ।
समन्वय समितिले १५/१५ दिनमा कामको अनुगमण गर्ने, बैठक बस्ने, काममा देखिएका असहजलाई हटाएर सहजका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने रेग्मीले बताउनुभयो । सडक निर्माणको काम सुस्त गतिमा भइरहेको व्यापक जनगुनासो आइरहेका बेला जिल्ला समन्वय समितिले सरोकारवाला पक्षलाई बोलाएर शुक्रबार दिउँसो छलफल गराएको हो ।
यता सडक सुधार आयोजनाका प्रमुख अर्जुन बमले सहमति गरे अनुसार प्रगति गर्न नसके सम्झौता तोड्ने चेतावनी दिनुभयो । अहिलेको काम गराएको गतिले निर्माण कम्पनी लक्ष्यमा पुग्न नसक्ने भन्दै बमले धरौटी जफत गरेर सम्झौता तोड्ने बताउनुभयो । घोराहीको बबई खोलादेखि तुलसीपुरको हात्तीखौवा सम्म २८ किलोमिटर सडक निर्माणका लागि तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्टले नेपाल सरकारसंग फोरलेन सडक निर्माणका लागि एक करोड २१ लाख अमेरिकी डलरमासम्झौता गरेको थियो ।कार्यक्रममा सहभागीहरुले समयमा फोरलेन सडक नबनाएको भन्दै आक्रोश पोखेकाे तुलसीपुर उद्याेगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयाे । बैठक जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतमा सम्मपन्न भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।