२०८३ भाद्र ९ गते मङ्गलवार

अश्वारा खानेपानीको मुहानमा क्षेति पुगेपछि खानेपानी आपूर्ति बन्द, करिब ५ हजार जनसंख्या प्रभावित

फाइल फाेटाे

तुलसीपुर, १३ भदौ । भमके खोलामा आएको बाढीले अश्वारा खानेपानीको चुनेपहरा खानेपानी मुहानमा क्षेति पुगेपछि खानेपानी आपूर्ति बन्द भएको छ । अबिर बर्षातका कारण खोलामा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका–१ स्थित चुनेपहराको मुहानमा क्षेति पु¥याउनुका साथै मुख्य पाइपलाइन समेत बगाएको छ ।
बर्षातसंगै खोलामा पानीको बहाव नघटेकाले क्षेतिको एकिन बिबरण आइनसकेको खानेपानीका अध्यक्ष शिबहरी भण्डारीले बताउनुभयो । मुहानमा क्षेति पु¥याउनुका साथै पाइपलाइन बगाएपछि खरीबोट सम्पवेलको पानी धमिलो भएका कारण बैकल्पिक पानीको खोजी भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।  अधिकांस पुराना संरचनाका घर भएका कारण पानी स्टकका लागि टंकी नहुँदा धारामा पानी नआए तत्काल समस्या देखीने गरेकाे  छ ।

गाउँदेखि १३ किलोमिटर टाढाको दुरीमा रहेको उक्त स्थानमा मर्मत र क्षेतिको एकिन बिबरण संकलनका लागि प्रावधिकको टोली पठाइएको छ । खानेपानी आपूर्ति बन्द भएपछि कबिर ५ हजार जनसंख्या प्रभावित भएको अध्यक्ष भण्डारीले बताउनुभयो । यता तुलसीपुर उपमहागनरपालिका–८ का वडा अध्यक्ष धर्मराज वलीले वडामा बजेट नभएपनि विपत व्यववस्थापन शाखासंग समन्वय गरेर समाधानका लागि पहल गर्ने बताउनुभयो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका विवत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले खानेपानी अत्यावश्यक भित्र पर्ने भएकाले पहिलो प्रथामिकतामा राखेर काम गर्ने बताउनुभयो । घर भत्किएकाे , सडक कटान गरेको लगाएतका खबरहरु आइरहेका छन् । त्यसकारण आज विपत व्यवस्थापन समतिको बैठक बस्दै छ । खानेपानीको विषयलाईपनि प्रथामिकतामा राखेर छलफल गछर्छाै । संयाेजक भण्डारीले भन्नुभयो ।

पानी उमाले र पिउन आग्रह 

यसैबिच खोनी उपभोक्ता समितिले पानी उमालेर पिउन आग्रह गरेको छ । पानी सुद्धिकरण गर्ने टिटमेन्ट प्लान नहुँदा बर्षातको समयमा खानेपानीको मुहान समेत धमिलो हुने भएकाले  पानी उमालेर मात्र पिउन सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह गरेको सचिव ओपेन्द्र बस्नेतले बताउनुभयाे ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया