तुलसीपुर, १० साउन । गहते खोलामा आएको बाढीले तुलसीपुर –बाघमारे सडकको गहते खोला पुल नजिकै सडक कटान गरेको छ । गएराति अबिरल बर्षातपछि आएको बाढीले तुलसीपुर उपमहानगरपालिका–८ गहते खोलाको घुम्ति कटान गरेको हो । घुम्ति भएको ठाउँमा सडक कटान गरेपछि दुर्घटनाको ठूलो जोखिम बढेको स्थानीय योगेन्द्र बहादुर शाह दिपकले बताउनुभयो ।
यता सडक डिभिजन कार्यालय दाङले उक्त सडक आफ्नो क्षेत्र भित्र नपर्ने बताएको छ । कार्यालयका प्रमुख रामपुकार जयसवालले तुलसीपुर सुखेत सडक आफ्नो क्षेत्रभित्र भएको र माथिल्लो सडक अर्थात गहतेखोला बाघमारे सडक आफ्नो क्षेत्रमा नपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।