राप्ती प्रादेशीक अस्पतालमा थपियो ८ वटा डाइलाशिस मेसिन

तुलसीपुर, १४ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डाइलाशीस मेशीन आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले ८ वटा डाइलाशिस मेसिन, ५ वटा पेसेन्ट मोनिटर प्रादेशिक अस्पतालमा पठाएको स्वकीय सचिव अमृत शर्माले जानकारी दिनुभएको छ । मेसिन आएसंगै थप मृगौलाका बिरामीहरुलाई उपचारमा सहज हुने अस्पतालका डा. विनोद सिंहले जानकारी दिनुभयो ।

यो संचालनमा आउन करिब ३ महिना लाग्ने मेसु सिंहले बताउनुभयो । त्यसैगरी घोराहीमा पनि स्वास्थ्यमन्त्रालयबाट १० वटा डाइलाशिस मेसिन, एक्सरे र अन्य उपकरणहरु पठाएको स्वकीय सचिव शर्माले बताउनुभयो । यस अघि ४ वटा मेसिन संचालनमा आइरहेका छन् ।  केसी स्वास्थ्य राज्यमन्त्री भएपछि देखिनेगरी भएको यो पहिलो काम हो ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया