२०८३ भाद्र ९ गते मङ्गलवार

टरिगाउँ एयरपोर्टलाई २ करोड बजेट छुट्याएको छ : स्वास्थ्य राज्यमन्त्री केसी

तुलसीपुर, २६ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले टरिगाउँ एयरपोर्टका लागि २ करोड बजेट विनियोज गरेको बताउनुभको छ । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री केसीले टरिगाउँ एयरपोर्टको धावनमार्गको स्तर वृद्धिका लागि अर्थ मन्त्रालयले २ करोड बजेट विनियोजन गरिसकेको र थप बजेटका लागि पर्यटन मन्त्रालयसंग आफुले पहल गर्ने बताउनुभयो ।

टरिगाउँ एयरपोर्ट दाङको मात्र नभइ साविक राप्तीको सरोकारको विषय भएकाले कुनैपनि हालतमा स्तर वृद्धिको कामलाई अघि बढाउनुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले अगामी निर्वाचनमा पनि गठबन्धन संगै मिलेर अघि बढ्ने बताउनुभो ।

क्लबका अध्यक्ष सरद रेग्मीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गर्नुभएको थियो भने स्वागत मनतव्य पत्रकार नारायणी रजौरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया