तुलसीपुर, १२ असार । तुलसीपुर उपमहानगरपालिका–१८ नम्बर वडा कृषि र पशुमा अघि बढेको छ । वडाले कृषि र पशुमा लगाएको लगानीले यसको पुष्टि गरेको छ । विशेष गरेर कृषि उत्पादनमा जोड दिनका लागि पानीपोखरी देखि सिचाई कुलाको निर्माणमामा जोड दिदै आएको वडाले झण्डै २ करोड बढी खर्च गरिसकेको छ ।
तुलसीपुर उपमहानगरपालिको २५ लाख लागतमा बाँसडबरा सिंचाइ कुलो पक्की निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सिचाई कुलोबाट एकसय पचास विघाह क्षेत्रफल रहेको खेति योग्य जमिनमा सिंचाई गरिने छ । त्यसैगरी सातकुले सिचाई निर्माण भइसकेको छ भने बन्कटी कुलो निर्माणको चरणमा छ ।
स्मार्ट कृषि गाउँ जस्ता नमूना कामको अवधारना अघि सारेको बताउँदै वडा अध्यक्ष माधव वलीले पशु सुत्केरी कार्यक्रम ल्याएर पशुपालक किसानलाई प्रोत्साहित गर्ने काम समेत गरेको बताउनुभयो । ‘हामीले कृषि र पशुमा ठूलो लगानी गरेका छौं । यसले किसानलाई केहि गरौ भन्ने उर्जा मिलेको छ,’ तुलसीपुर उपमहानगरका प्रवक्ता समेत रहनु भएका वलीले भन्नुभयो– ‘हामीले अघि सारेको स्मार्ट कृषिगाउँ र पशु सुत्केरी भत्ता कार्यक्रम नमूना योग्य काम हुन् ।’





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।