तुलसीपुर, ५ असार । विद्युत नियमित गराउनुपर्ने माग राख्दै तुलसीपुर उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । अनियमित विद्युत हुँदा यस क्षेत्रका नागरिक र विशेष गरेर व्यवसायीहरु मर्कामा परेको भन्दै संघले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
विद्युत अनियमित हुँदा व्यवसायीहरुका कोल्ड स्टोर, चिस्यान केन्द्र, उद्योग, धन्दा, कलकारखाना संचालनमा समस्या भएको भन्दै बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तत्काल समस्या समाधान खोज्न आग्रह गनुभयो । राति ११ बजे उठेर विस्तारा बोकेर छतमा जानुपर्ने अवस्था छ । समस्या माथिको हो भने भन्नुस । राजनीतिक दलका साथीहरुलाई भनेर हामी माथि पनि पहल गछौ । यहाँको हो भने के हो ? स्टापको हो कि अन्य कुनै समस्या हो भने मिलेर काम गरौ ।’ अध्यक्ष चालिसेले भन्नुभयाे ।
लोडसेडिङ गर्नै पर्ने भएपनि कति घण्टा हो सूचना गरेर गर्दा त्यसले उपभोक्तामा सकारात्मक सन्देश जाने र प्राधिकरण पनि गालीबाट बच्ने अध्यक्ष चालिसेले बताउनुभयो । सो अवसरमा युवा व्यसायी मोहन भण्डारीले बत्ती आएपनि कम भोल्टेज आउने गरेका कारण एसीले चिसो नदिने, पंखा नचल्ने समस्या रहेको बताउँदै पोल ढल्दा तीन घण्टा लाग्ने कामलाई दुई घण्टानमा सम्पन्न गरेर जनताको विश्वास जित्न आग्रह गुर्नभयो ।
विद्युत संवेदनशील ठाउँ भएको बताउँदै युवा व्यवसायी भण्डारीले कतै विद्युतका पोल ढलेमा वा कुनै समस्या आएमा आफै जानुपर्ने ठाउँमा खबर गर्दा समेत कर्मचारी नगएको गुनासो आउने गरेकाले बिहान, दिउँसो र राति नभन्नेगरी कर्माचारीको टिम तयार गर्न आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझदै प्राधिकरणका प्रमुख ज्ञानप्रसाद फर्सालले हावाहुरी र चट्याङका कारण समस्या आउने गरेको बताउँदै दाङ सहित सल्यान, रोल्पा, रुकुममा फल्टहुँदा यहाँ ट्रिपिङ जादाँ समस्या हुने गरेको बताउनुयो ।
बर्षातको समय भएकाले पूर्ण रुपमा सुधार आउन नसक्ने बताउँदै सुधारका लागि प्रयास गर्ने बताउनुभयो । तुलसीपुर प्राधिकरण अन्तर्गत ४७ हजार ग्राहक रहेका छन् । सो असरमा बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुपमबहादुर खत्री, महासचिव बिनील केसी लगाएत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । तुलसीपुर खबर डटकमले विद्युत अनियमितको निरन्तर फलो गर्दै आएपछि बाणिज्य संघले व्यवसायी र उपभोक्ताको प्रतिनीधित्व गर्दै सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।