२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरमा गाडेको धन भेटीएपछि प्रहरीको खोरमा

फाेटो : नारायण खडका

तुलसीपुर, ४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरमा गाडेको धन भेटिएको छ । बिहीबार सडकको नयाँ ट्रयाक खन्ने क्रममा जेसिवी चालक तुलसीपुर उपमहानगरपालिका–१५ मलवार निबासी २५ बर्षका सुवास चौधरीले कसौडीमा गाडेको धन (सिक्का) भेटाउनुभएको थियो ।
तुलसीपुर सल्यान सडकको गोटिखोलादेखि–सिमरा सडकको नयाँ ट्रयाक रा१क १०३२ नम्बरको जेसिबीले खन्ने काम भइरहेको थियो । सडक खन्ने क्रममै रहेका अर्का जेसीबी चालक राजन खड्काले भेटिएका सिक्काको भाग नपाएपछि प्रहरी सम्म खबर आएको थियो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५ सय ३७ सिक्का भेटिका थिए ।
चाँदीका सिक्काहरु वि.स.१८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । । ति मध्ये ७६ वटा एक रुपैँया लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का पनि रहेका छन् । भेटिएका सिक्काहरु पुरातात्विक विभागमा पठाउने प्रहरी निरीक्षक शाहीले बताउनुभयो । पैसा भेट्टाउने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया