२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर विद्युत प्राधिकरणको चरम लापरबाही, उपभोक्ता आक्रोसित

तुलसीपुर, ३ असार । के  यो  नाटक हो ? लाईन एकै छिन जाने एकै छिन आउने ? कहिले गएपछि एकघण्टासम्म नआउँने । कहिले एक घण्टामा एकसय पटक आउने जाने गर्ने । यस्तो पनि हुन्छ ? विद्युत प्राधिकरणलाई जे गरेपनि छुट छ ? यस्तो मनलाग्दी गर्न पाइन्छ ? तुलसीपुर उपमहानगरपालिका–५ संगितनगर टोल निबासी अमर नेपालीले यसरी एकोहोरो रुपमा आक्रोस मात्र पोख्नु भएन नेता र पत्रकारलाई पनि बाँकी राख्नुभएन ।

‘विद्युत हाकिमले जे गरेपनि हुने । यहाँका नेता खै । पत्रकारहरु खै । कि नेता र पत्रकारका घरमा बिजुली बत्ती जाँदैन र ? यदि जान्छ भने के तमासा हो ? बोल्ने मान्छे नबोल्ने हामी जनता बोलेको कसले सुन्छ ?’ नेपालीले गुनासो पोख्नुभयो । नेपाल विद्युत प्राधिकरण वितरण शाखा तुलसीपुरको चरम लापरवाहीका कारण विद्युत अनियमित भएपछि उपभोक्ताले यसरी चर्को रुपमा आक्रोस पोेख्न थालेका छन् ।

अघोसित लोडसेडिङका कारण रातमा दैनिक ७/८ पटक बाहिर भित्र गर्नुपर्ने बाध्यता रहेको तुलसीपुरका युवा व्यवसायी सुशिल घर्तीले बताउनुभयो । ‘दिउँसको समयमा उद्योगधन्दा कलकारखाना चल्छन् । कतै मर्मतसम्भार गर्नुपर्छ । कतै रुखका हाँगाविगा काट्नुपर्छ । कतै लाइन विस्तार गर्नुपर्छ होला भनेर चित्त बुझाउँछौ । तर मध्यरातमा किन लाइन सयौंपटक आउने जाने गर्छ ? यसको गुदी कुरा के हो ? सेटिङ हो ? कसैका इन्भटर, पंखा लगाएत विद्युतजन्य उपकरण बिक्री गराउनु छ ?’ युवा व्यवसायी घर्तीले भन्नुभयो ।

चर्को विद्युत महसुल बुझाउनु पर्ने र समयमा नबुझाए चर्को जरिवाना तिर्दै आएका उपभोक्ताहरु विद्युत आपूर्तिमा हुने गरेको अनियमिता कारण हैरानी खेप्न बाध्य छन । सेवाग्राहीले गर्मी समयमा महशुल तिरेर सहज रुपमा विद्युत उपयोग गर्न नपाउँदा र खलखली पसीना पुछ्दै सुतेको बेडबाट जुरुक्क उठेर मध्यरातमा सितलताका लागि छतमा जानुपर्दाको पिडा सम्बन्धित निकायसम्म पु¥याउन सामाजिक संजाल फेसवुक प्रयोग गरीरहेका छन ।

महिनौ दिनदेखि अनियमितबाट हुँदै आएको विद्युतको हाइभोल्टेजका कारण विद्युतीय उपकरणमा खराबी हुनुका साथै उद्योगहरु समेत ठप्प हुँदा जिल्लाको नेतृत्व बोल्न नसक्नु लज्जास्पद भएको रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको गुनासो छ ।  विद्युत आपूर्ति नियमित गर्न उपभोक्ताहरुले बारम्बार विद्युत प्राधिकरणलाई आग्रह गर्दै आएपनि कुनै समस्या समाधान हुन सकेको छैन् ।

यस्तो भन्छ तुलसीपुर उद्योग बाणिज्य संघ
प्राधिकरणको अघोसित लोडसेडि ज्याजति र उपभोक्ताप्रति गैर जिम्मेवारको पराकास्टा भएको तुलसीपुर उद्योग बाणिज्य संघले बताएको छ । महिनौदेखि सुधारका लागि बारम्बार अनुरोध गर्दा समेत सुनुवाई नहुनु दुःखद कुरा भएको भन्दै बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आइतबार प्राधिकरणमा डेलिगेसन जाने बताउनुभयो ।

ट्रिप जाँदा समस्या हुन्छ :  प्राधिकरण प्रमुख फर्साल
यता विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले भने एउटै रेडिमेट जवाफ ट्रिप जाने गरेका कारण समस्या हुने गरेको बताएको छ । वितरण केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले दाङ भएर सल्यान, रोल्पा र रुकुम समेत विद्युत गएकाले त्यहाँ कुनै समस्या उहाँदा यहाँ पनि समस्या देखाउने गरेको बताउनुभयो । ‘कहिले काँही सवस्टेसनमा पनि समस्या हुन्छ । दाङदेखि सल्यान, रोल्पा, रुकुमसम्मको लाइन एउटै हो । हावाहुरी लाग्दा पोलहरु ढल्दा ट्रिप जान्छ । कहिले मर्मत गर्नुपर्छ । त्यो भएर समस्या हुन्छ ।’ वितरण केन्द्र प्रमुख फर्सालले भन्नुभयो ।

यस्ताे छ फेसवुकमा पत्रकार, सामाजिक, अभियन्ता देखि प्राज्ञीकहरुकाे  आक्रोस 

 

 

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।