तुलसीपुर ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला ओलीले आफ्नो प्रेमी एकराज बस्नेतकी श्रीमतिलाई घरमै गएर कुटपिट गरेको खबर एकाएक बाहिर आयो । बास्तविकता बुझ्न पत्रकारहरु घटना स्थलमा तर्फ लागे । मिना बस्नेत र ५ बर्षकी छोरी एन्जीला बस्नेतलाई कुटपिट गर्ने मन्त्री ओलीलाई कडा सुरक्षाका साथ घटनासथलबाट प्रहरीले ईप्रका लगेको बुझीयो ।
त्यसपछि घटनाको बास्तविकता बुझ्न प्रहरीको सार्वजनिक मोबाईल नम्बर ९८५७८९००८८मा तुलसीपुर खबरको टोलिले फोन लगायो । फोन उठेन । बारम्बार फोन गरेपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरको निमित्त प्रमुखको जिम्मेवारी पाउनु भएका रञ्जन स्वारले फोन त उठाउनुभयो तर व्यस्त छु भन्दै फोन काट्नुभयो । निमित्त प्रहरीको जिम्मेवारी पाउनुभएका प्रहरी निरीक्षक स्वारले फोनमार्फत घटनाको कुनै जानकारी नदिएपछि पत्रकारको टोलि ईप्रकामा पुग्यो ।
समाचार संकलनका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेका पत्रकारहरुलाई जानकारी त के गेटभित्र समेत पस्न दिइएन । प्रहरीले गेटभित्र पस्न नदिएपछि पत्रकारहरुले गेटबाहिर रहेका पिडितका आफन्तहरुसंग जानकारी लिएका थिए ।
समाचार संकलनका लागि गएका ग्यालेक्सी फोर केका निराजन डाँगी, प्राईम टेलिभिजनका सुमन केसी, राप्ती पहिचानका यज्ञबहादुर बुढा, एसटीएन च्यानलका आशिस केसी, दाङ लाइभका दिपक बोहरा लगाएतका पत्रकारहरु बाहिरबाटै रिपोटीङ गरेर फर्किनु भएको थियो ।
घटनाको वास्तविक सत्यतथ्य बुझेर आमनागरिकसम्म सूचना सम्प्रेशन गर्ने पत्रकारहरुलाई सूचना दिन अनाकानी गर्नुका साथै प्रवेशमा रोक लगाउनु प्रहरीको गम्भिर त्रुटी भएको भन्दै रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले आपत्ती जनाउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।