२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरमा वडाध्यक्षको चर्को असन्तुष्टि , निरन्तर कार्यक्रम बहिष्कार

तुलसीपुर,३० जेठ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो कार्यपालिका बैठक सहज ढँगले सञ्चालन हुन सकेन । सुविधाजनक बहुमत रहेको एमालेले गठबन्धनलाई लेखा समिति बाहेक कुनै समितिको पनि जिम्मेवारी नदिएपछि गठबन्धनका ९ वडाध्यक्षहरुले सामुहिकरुपमा कार्यपालिका बैठक बहिष्कार गरे । ‘हामीलाई बहुमतका आधारमा पेल्न खोजियो, एकलौटी निर्णय गरियो त्यही भएर हामीले बहिष्कार गरेका हौं’ काँग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र कुमार शाहले भन्नुभयो ।

कार्यपालिका बैठक पश्चात हालसम्म पनि कुनै छलफल नभएपछि गठबन्धनबाट निर्वाचित अध्यक्षहरु आक्रोशित भएका छन् । ‘हामीले नगरपालिका मातहतका सबै कार्यक्रमहरु बहिष्कार गरिरहेका छौं’ वडाध्यक्ष शाहले भन्नुभयो । वडाध्यक्ष शाहका अनुसार पालिकाले आयोजना गरेका कार्यक्रमहरु निरन्तर बहिष्कार गरेका छन् । ‘हिजो बालबालिकाको र आज विपद्को कार्यक्रम बहिष्कार गरेका हौ ।’ उहाँले भन्नुभयो ‘अब कार्यपालिका बैठकमा पनि जाँदैनौ ।’

‘हुन त फुत्केको माछो ठूलो हुन्छ भन्छन् । पहिलाका मेयर घनश्याम पाण्डेले कुनै समस्या आयो भने सकेसम्म उहीदिनमा नभए भोलिपल्टसम्म बोलाएर छलफल गरेर सहमतिमा ल्याउनु हुन्थ्यो,’ वडाध्यक्ष शाहले भन्नुभयो– ‘अहिलेका नगरप्रमुख टिकारामलाई कुनै मतलवछैन । बहुमतको दम्बमा चलिरहुन भएको छ । हेरौ कतिदिनसम्म चल्नुहुनछ ।’

समस्याको समाधानका लागि छलफल गर्नुको साटो बेवास्था गर्दै हिडेपछि आफुहरु यस्तो कदम चाल्न बाध्य भएको गठबन्धनका वडा अध्यक्षहरुले बताएका छन् । अस्तित्व रक्षाका लागि कार्यक्रम बहिष्कार गरेको बताउँदै वडाध्यक्ष शाहले केहि दिनमै सामुहिकरुपमा पत्रकार सम्मेलन गरेर आफ्ना धाराना सार्वजनि गर्ने बताउनुभयो ।

सहमतिका लागि पहल भइरहेको छ  : कार्यबाहक मेयर वली
तुलसीपुर उपमहानगरपालिका कार्यबाहक मेयर माधव वलीले सहमतिका लागि प्रयास थालिएको बताउनुभयो । तुलसीपुरलाई राम्रो र हाम्रो बनाउनकै लागि सबै वडाध्यक्षहरु जनताबाट निर्वाति भएर आएकाले स्थानीय सरकारको नीति र विधिलाई टेकेर अगाडि बढ्ने बताउनुभयो । सहमतिको वातावरण बनाउन वडा अध्यक्षहरुसंग  छलफल सुरु गरेको बताउँदै २ / ४ दिनभित्रमा ठोस निकास निकाल्ने कार्यबाहक मेयर वलीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार
प्रतिक्रिया