२०८३ असार २६ गते शुक्रवार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

तुलसीपुर २६ जेठ ।  उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री दिपक कुमार बानियाँ, सहायक रथी श्री होमनाथ दवाडी र सहायक रथी श्री यामप्रसाद ढकाललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

 पदोन्नती हुनु भएका उपरथी श्री दिपक कुमार बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी श्री होमनाथ दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी श्री यामप्रसाद ढकाल श्री युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति हुनु भएको  छ ।

 नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका २ (दुई) जना महा सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया