२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरको नगरकार्यपालिकाले गरेका निर्णय यस्ता छन्

तुलसीपुर, २६ जेठ । तुलसीपुर उपमहानगरपालिकामा विभिन्न विषयगत समितिहरु गठन गरिएको छ । उपमहानगरको दोस्रो नगरकार्यपालिका बैठकले विषयगत समितहरु गठन गरेको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । जसअन्तर्गत आर्थिक विकास समितिको संयोजकमा माधव वली, सुशान तथा संस्थागत विकास समितिको संयोजमा धर्मराज वली, सामाजिक विकास मितिको संयोजकमा मानबहादुर रावत, भौतिक पूर्वाधार विकास समितिको संयोजकमा वीरबहादुर विक विजय, वन वातावरण तथा विपत व्यवस्थापन समितिको संयोजकमा दुजमान भण्डारी, विद्ययक समितिको संयोजकमा भिमबहादुर योगी र लेखा समितिको संयोजकमा घनश्याम ढकाल रहनु भएको छ ।

लेखा समिति बाहयक अन्य सबै संयोजकहरु नेकपा एमालेबाट निर्वाचति वडा अध्यक्षहरु रहेको प्रवक्ता वलीले बताउनुभयो । त्यसैगरी बैठकले नगर प्रवक्ताको जिम्मेवारी माधव वली दिने निर्णय गरेको छ । वली तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष हुनुहुन्छ । त्यसैगरी मेयरको सचिवालय हेर्नेगरी गोकर्ण पौडेललाई नियुक्त गरिएको छ ।

बहुमत दलको तर्फबाट नगर प्रमुखले आफु नेतृत्वको स्थानिय सरकारलाई सफल बनाउन विषयगत समितिको संयोजक तोक्ने अधिकार छ भने लेखा समितिको संयोजक विपक्षी दललाई दिने संसदीय अभ्यास अनुसार तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकाललाई लेखा समितिको संयोजक बनाएको प्रक्ता वलीले बताउनुभयो ।
बैठकमा गठबन्धनबाट निर्वाचित वडा अध्यक्षहरुले पनि निर्णय गरीएका एजेण्डामा हस्ताक्षर गरेकाले सर्वसहमत रुपमा निर्णय भएको उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया