तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डेले महिनामा एकदिन अश्वारा माविमा पुगेर बढाउने बताउनुभएको छ । माध्यामिक विद्यालय अश्वाराले आयोजना गरेको अक्षयकोष छात्रवृत्ती वितरण तथा विदाइ र स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुले जानेको र बुझेको कुराका विषयमा छलफल गर्न आउने बताउनुभयो ।
विद्यार्थीहको नेतृत्व विकास, शैक्षीक सक्षेमताको विकासका लागि कम्तिमा पनि महिनामा एकपटक विद्यालय पुगेर पढाउने र शिक्षक कर्मचारीसंग बसेर विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि पनि योजना बनाएर अघि बढ्ने बताउनुभयो । त्यसका लागि विद्यायसंग बसेर समयको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
विद्यालयलाई नमूना विद्यालय र विद्यार्थीको आकर्षणको केन्द्रका रुपमा विकास गर्न वडासंग समन्वय गरेर गुरु योजनाका साथ अघि बढ्न शिक्षकहरुलाई आग्रह गर्दै त्यसका लागि आफु सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।