२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरकाे १७ नम्बर वडामा मतदान सुरु

तुलसीपुर ३ जेठ ।  तुलसीपुर उपमहानगरपालिका –१७ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बन्नु भएका लबरु चौधरीको निधन भएपछि बैशाख ३० गते हुने निर्वाचन जेठ तीन गते सारिएको थियो । वडामा दुई ठाउँमा मतदान तोकिएको छ ।

निर्वाचन साहयक अधिकृत ढकबहादुर रावतका अनुसार मतदान केन्द्र जनकल्यान मावि दुधरास र दिपेन्द्र मावि मानपुरमा तोकिएको छ । दुधरासमा २७३४ र मानपुरमा ३३८३ मतदाता संख्या रहेको छ ।

वडा अध्यक्ष पदमा ६ जना चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट लबरुका छोरा प्रदिप चौधरी, नेपाली कांग्रेसबाट थलराज पुरी, एकिकृत समाजवादीबाट रुद्रबहादुर बस्नेत, राष्टि प्रजातन्त्र पार्टीबाट केशर बहादुर वली, मंगोल नेश्नल अर्गनाइजेशनबाट विष्णु पुन र स्वतन्त्रबाट डिल्लीराज शर्माले वडा अध्यक्षमा भिड्दै छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।