तुलसीपुर, ३० बैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनमा सहभागी हुने र सफल पार्न सहयोग गर्ने सबै प्रति आभार प्रकट गर्नुभएको छ । स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदानमा सहभागी हुने मतदाता, सुरक्षाकर्मी, मतदान अधिकृत, कर्मचारी, पर्यवक्षक, संचारकर्मी, राजनीतिक दल, स्वयमसेवक, अधिकारकर्मी सबैप्रति नगर प्रमुख पाण्डेले आभार प्रकट गर्नुभएको हो ।
‘तुलसीपुर उपमहानगरपालिकामा स्थानिय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । नागरिकले मतदान स्थलसम्म पुगेर आफुले रुचाएको जनप्रतिनिधीलाई भोट हाल्न पाएका छन् । यो नै लोकतान्त्रिक संघिय गणतन्त्रको सुन्दर पक्ष हो,’ नगर प्रमुख पाण्डेले भन्नुभयो –‘यसले स्थानीय लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास र समृद्धिका लागि सहयोग पु¥याउँछ ।’




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।