तुलसीपुर, ३० बैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले मतदानका लागि अपिल गर्नु भएको छ । लोकतन्त्रको सुदृडीकरण, समावेशी विकास र समृद्धिका लागि सबै मतदाताहरुलाई मतदान गर्न नगर प्रमुख पाण्डेले अपिल गर्नुभएको हो ।
एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले संविधान अनुसार नागरिकले पाँच/पाँचबर्षमा आफुले इच्छाएको जनप्रतिनिधलाई भोट हालेर चुन्ने महत्वपूर्ण दिन र अवसर भएकाले स्वतन्त्र, निश्पक्ष तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन, स्थानीय प्रशासन, राजनीतिक दल,सबैलाई आग्रह समेत गर्नुभएको छ ।
साथै उहाँले जेष्ठनागरिक, असक्क्त, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा मतदानस्थलसमम लैजान ल्याउन र आफुले चाहेको ठाउँमा मतदान गर्ने वातावरण सृजना गर्न समेत आग्रह गर्नुभएको छ । आज हुन लागेको स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट मात्रै एक लाख ७ हजार ६ सय ७७ मतदाताले भोट हाल्दै छन् ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।