तुलसीपुर, २५ बैशाख । तुलसीपुर उपमहानगरपालिका मेयरका उम्मेदवार टिकाराम खड्काले कर्मचारीको हकहितका लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल निजामति कर्मचारी संगठन तुलसीपुर पालिका कमिटीले आइतबार उम्मेदवारसंग गरेको छलफलमा कर्मचारीको सहयोगबिना कुनै पनि नेतृत्व सफल नहुने भएकाले समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
‘कर्मचारीको पेशागत हकहित र सुरक्षाका लागि हामी प्रतिवद्ध छौ । काम गर्ने क्रममा यो हाम्रो पार्टी र त्यो पार्टी भनेर भेदभाव गर्दैनौ । तपाँईहरु जुन शाखामा हुनुहुनछ त्यही बसेर काम गर्ने हो ।’ खड्काले भन्नुभयो । कर्मचारीको मनोबल गिर्नेगरी केहि गठबन्धनका उम्मेदवारले सार्वजनिक रुपमा सफाई गर्ने भन्दै दिएको अभिव्यक्ती प्रति दुःख व्यक्त गदै खड्काले विजयी भएर आएपछि निरुत्साहित हैन उत्साहित हुनेगरी काम गर्ने बताउनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले कर्मचारीको सहयोगले नै उपमहानगरपालिका नेपालमै नमुनाको रुपमा स्थापित भएको बताउनुभयो ।
कर्मचारीले कुशलतापूर्वक गरेको कार्य सम्पादनले नै नगर विकास कोष, नेपाल नेत्रज्योति संघ, र विभिन्न मन्त्रालयबाट उत्कृष्ट उपमहानगरपालिकाको रुपमा सम्मानीत भएको बताउँदै नगर प्रमुख पाण्डेले पाँच बर्षको अवधिमा विभिन्न माध्यमबाट सहयोग गर्ने सबै कर्मचारी प्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा उपमेयर पदकी स्यानी चौधरीले आफुसंग तुलसीपुरको समग्र विकास कसरी गर्ने भन्ने योजना र देष्टिकोण भएकाले एकपटक सुर्यमा भोट हालेर काम गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल निजामति कर्मचारी संगठन पालिका कमिटी अध्यक्ष भेषराज चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव केशव डाँगीे गर्नुभएको थियो ।
्




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।