२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा विद्युत झ्याप्प झ्याप्प

तुलसीपुर, २३ बैशाख । ‘लाइन झ्याप्प गयो उत्तिखेरै झ्याप्प आयो । पंखा झ्वाट्ट गरेर पुत्तायो । अनि पंखा चल्न छोड्यो ।’ तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निबासी सरला रेग्मीले गुनासो गर्नुभयो । यस्तै गुनसो छ । बसपार्क निबासी जेनिसा होटल संचालक दिपीका खड्काको पनि । ३२ हजार हालेर ल्याएको डिफ्रिज ६ महिना नहुँदै बिग्रीयो । यो उदाहरण मात्रै हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको लापर्वाहीका कारण उपभोक्ताको यस्ता हजारौं मुल्य पर्ने विद्युतीय इलेक्ट्रिक सामानमा क्षेति पुगेको छ ।

विद्युत अनियमित रुपमा आउँदा जाँदा हाइ भोल्टेज हुने गरेका कारण दैनिक जसो सयौं विद्युतीय इलेक्ट्रिक उपकरणमा क्षेति पुग्ने गरेको छ । तर यसको क्षेतिपूर्ति कसले दिने । एकातिर विद्युत सेवा नियमित रुपमा नपाउनु र अर्को तर्फ एकछिन आउने विद्युतले क्षेति पुर्याए जानु दुर्भाग्य पूर्ण कार्य भएको स्थानीय लालबहादुर डाँगीले भन्नुभयो ।

विगत ६ महिना यतादेखि अनियमित विद्युतका कारण पंखा, मोटर, फ्रिज, वल्भ, इलेक्ट्रिक जग लगाएतका उपकरणमा क्षेति पुग्ने गरेको छ । विद्युत अनियमितले उद्योग, धन्दा, कलकारखाना, अस्पताल लगाएत विद्युत उपभोक्ताहरु यसको प्रत्यक्ष मारमा परेका छन् ।

हाइ भोल्टेजका कारण रेडियो संजीवनीमा ३ लाखको क्षेति
विद्युत अनियमित हुँदा तुलसीपुरमा रहेको रेडियो संजीवनीमा करिब ३ लाख बराबरको क्षेति भएको छ । विद्युत जाने र आउँने गर्दा हाइभोल्टेजका कारण रेडियोको ट्रान्समिटर, युपिएस, दुईवटा कम्युटरमा क्षेति पुगेको रेडियोका स्टेशन म्यानेजर शरद रेग्मीले बताउनुभयो । ‘ट्रान्समिटर, युपिएस, दुईवटा कम्युटर लगाएतका उपकरणमा समेत गरेर ३ लाख बढीको क्षेतिपुगेको छ । कमिशनको चक्करमा हाकीमलाई बक्यौता उठाउँन ठिक्क छ ,’ स्टेशन म्यानेजर रेग्मीले भन्नुभयो, ‘समाचार पढ्दा पढ्दै लाइन झ्याप्प जान्छ । नियमित विद्युत बनाउनेमा ध्यान छैन् ।’ दुई दिनमा समस्या समाधान गर्छु भनेको हाकीमले १५ दिन विसिक्दा समेत कुनै सुधार गर्न नसकेको रेग्मीले बताउनुभयो ।

तत्काल समाधान नभए घेराउ गछौ : चालिसे
विद्युत अनियमित हुँदा व्यवसायीहरु ठूलो मर्कामा परेको भन्दै विद्युत प्राधिकरणले समस्याको समाधान नगरे व्यापारीहरु गएर घेराउ गर्ने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे चेतावनी दिनुभयो । दैनिक पाँचसय पटक भन्दा धेरै पटक विद्युत लाइन जानु गम्भिर लापर्वाही भएको भन्दै समयमै आफुलाई सुधार गरेर सेवालाई सहज रुपमा प्रवाह गर्न प्राधिकरण प्रमुखको दायित्व भएको अध्यक्ष चालिसे बताउनुभयो ।

लाइन आउने जाने गर्नु सामान्य कुरा हो : प्राधिकरण
यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख ज्ञान प्रसाद फर्सालले कहिलेकाँही लाइन आउने जाने गर्नु सामान्य कुरा भएको बताउनुभयो । सवस्टेशनमा केहि समस्या देखा पर्दा यस्तो समस्यमा आउने गरेको बताउँदै पर्सालले आफु आईसकेपछि धेरै सुधारको काम गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।