तुलसीपुर, २० बैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अलोकतान्त्रिक गठबन्धनबाट मुक्त हुन इमान्दार नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । तुलसीपुर क्षेत्रमा परमादेशी गठबन्धनबाट इमानदार नेता तथा कार्यकर्ताहरु मुक्त हुने अभियानले तिब्रता पाएको बताउँदै आफुहरु एमाले पार्टीमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
आफनो फेसवुक पेजमा लेख्दै पाण्डेले भन्नुभएको छ ‘२०७४ मा पार्टी टाउको बाट मिलेकोले धेरै टिक्न सकेन, यस पटक २०७९ मा वाम पार्टी एकता भुई तहबाट सुरु भएको छ । त्यस्को शुभारम्भ तुलसीपुर –१३ फुलबारीबाट भएको छ ।
सो वार्डमा भएका नेकपा माओवादी केन्द्रका १५५ जना सक्रिय सदस्य, ३५ सदस्य वार्ड कमिटी सबै एकीकरण को ऐतिहासिक उदाहरण बनाउदै सम्बन्धीत तहका नेताहरुलाई सम्बन्धित तहमै जिम्मेवारी दिने गरि नेकपा एमाले स्थानिय वार्ड कमिटीमा एकीकरण सुरु भएको छ । सवै कमरेडहरुलाई हार्दिक बधाई, स्वागत र शुभकामना । भुईतहबाट सुरु भएको एकीकरण छिट्टै देश भरिनै फैलिने छ र हामी बनाउने छौ बलियो वाममशक्त्तीशालि पार्टी, अनि पूरा गर्ने छौ समृद्ध नेपाल, सुखी नेपाली को सपना ।’




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।