तुलसिपुर १७ बैशाख । गएराती आएको हावाहुरीबाट सल्यान र रुकुमपूर्वका घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीमा क्षति भएको प्रहरीले बताएको छ । सल्यानमा विद्यालयको छाना उडाउँदा झन्डै ५ लाख बराबरको क्षति भएको छ । जिल्लाको दार्मा गाउँपालिका २ भुवनटाकुरी स्थित बालकल्याण माध्यमिक विद्यालयको दुई गोठे भवनका छाना हावाहुरीले उडाएको हो । हावाहुरीले विद्यालयको छानासँगै, सोलारपाता, ५ वटा कम्युटर, १ प्रिन्टरमा क्षति पु¥याएकोे विद्यालयका प्रधानाध्यापक कवि कुमार चन्दले जानकारी दिए । कम्युटर ल्याव रहेको भवनको छाना उडाउँदा बढी क्षति भएको उहाँको भनाई छ ।
त्यस्तै हावाहुरी र वर्षाले रुकुमपूर्वको विभिन्न ठाउँमा पनि क्षति पु¥याएको छ। घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको पर्खाल भत्काउनुका साथै छानो उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दीनु भयो । गएराति तिब्र हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा क्षति पु¥याएको विवरण संकलन भइरहेको उहाँले बताउनु भयो । कुन ठाउँमा के कति क्षति भयो भन्नेबारे भने यकिन भइनसकेको डाँगीले उहाँको भनाई छ। विभिन्न ठाउँबाट घर, विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा हावाहुरीले क्षति पु¥याएको विवरण जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीले क्षतिको मुचुल्का लिने काम भइरहेको प्रहरीले बताएको छ । हालसम्म जानकारी आए अनुसार जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१२ गोल्खाडाका तेजबहादुर पुनको घर तीन तले जस्तापातको छानो उडाएको छ । घरको छानो हावाहुरीले उडाएपछि अनुमानित २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ । यसैगरी पुथाउत्तरगंगा–५ स्थित स्वास्थ्य चौकी हुकामको छानो उडाएको छ। स्वास्थ्य चौकी हुकामका इञ्चार्ज प्रेमप्रकाश केसीका अनुसार स्वास्थ्य चौकी भवनको जस्तापाता छानो उडाएको छ । क्षतिको विवरण संकलनका लागि वडाध्यक्ष र प्रहरी चौकीलाई खबर गरिएको केसीले जानकारी दिए। यस्तै पुथाउत्तरगंगा–१० मा रहेको इलाका प्रहरी चौकी कार्यालय तकसेराको छानो पनि हावाहुरीले छानो उडाएको प्रहरीले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।