तुलसीपुर, १२ बैशाख । तुलसीपुरमा सत्ता साझेदार गठबन्धन दलले बाहिरी रुपमा विभिन्न वडाहरु भागबण्डा गरेका छन् । जस अन्तर्गत ११ वटा नेपाली कांग्रेस, ५ वटा माओवादी केन्द्र र २ वटा वडा नेकपा एकीकृत समाजवादीलाई बटा परेको छ । यद्यपी सहमति विपरित समाजवादीले १२ नम्बर वडा र कांग्रेसले अन्य वडामा स्वतन्त्रका नामबाट उम्मेदवार उठाएको माओवादी केन्द्रेले बताएको छ ।
नेपाली कांग्रेसका अनुसार वडा अध्यक्षमा २ मा राजु आचार्य, ३ मा राजन खड्का, ५ मा वीरेन्द्र कुमार शाह, ६ लोक बहादुर डाँगी,७ मा रामबहादुर जिसी, ८ मा जीत बहादुर केसी, ९ मा घनश्याम ढकाल, १० मा ध्रुव शाह, ११ मा खिम बहादुर वली, १३ मा तारा बहादुर कार्की, १४ मा शंकर कुमार खड्का र १७ मा थलराज पुरीले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट १ मा हुमाकान्त सापकोटा, १२ मा खुशीराम चौधरी, १५ मा नवराज पुन र ४ नम्बर वडामा तुलसी थापाले वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै समाजबादीबाट १६ मा भुप बहादुर केसी, १२ मा अमित शर्मा र १९ मा केशर पुनले वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यद्यपी बाहिर सहमति गरेको देखिएपनि आन्तरिक रुपमा काँग्रेसले स्वतन्त्रबाट उम्मेदवार उठाएको र समाजवादीले पनि सबै वडामा उम्मेदवार उठाएको माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य रामबहादुर दहितले बताउनुभयो । उपमेयर पाएका कारण समाजवादीले आफ्नो दम्भ देखाउन खोजेको सदस्य दहितको आरोप छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।