२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा मेयरको टिकट फेरि पनि गेहेन्द्र गिरीले पाउने

तुलसीपुर, १० बैशाख । तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट फेरी पनि गेहेन्द्र गिरीले मेयरको टिकट पाउने संम्भावना बढेर गएको छ । यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा उठ्नु भएका गिरी, मेयर घनश्याम पाण्डेसंग ४६ सय बढी मतको अन्तरले पराजीत हुनुभएको थियो ।

‘गेहेन्द्र दाइले टिकट पाउने निश्चित भइसेको छ । केन्द्रमा सहमति भइसकेको छ । प्रदेश कमिटीले निर्णय गरेर घोषणा गर्न मात्र बाँकी छ ।’ मेयरको टिकट पाउने दौडमा रहनु भएका एक नेताले तुलसीपुर खबरसंग भन्नुभयो । कुनै अनिष्ट नभए साँझ सम्म दाङमा काँग्रेसले उम्मेदवारको टुङ्गो लगाउने ती नेताले बताए ।

गिरीले यसपटक पनि तुलसीपुरमा मेयर उठ्ने दाबी गरेपछि अन्य आकांक्षीहरु फेरी पनि पाखा लाग्ने भएका छन् । टिकटका लागि बैशाख १ गते नेपालगंजबाट काठमान्डौ जानुभएका पूर्व सांसद समेत रहनुभएका गिरी अहिले पनि काठमाण्डौमा हुनुहुन्छ । आफु पुरानो र जित्ने संभावना भएको एकमात्र नेता भएकाले आफ्नो अगाडी कसैको केहि नलाग्ने उहाँले काठमान्डौ जाँदै गर्दा तुलसीपुर खबरलाई प्रतिकृया दिनुभएको थियो । यद्यपी उहाँको भनालाई टिकटको दौडमा रहेका अन्य प्रतिस्पर्धीहरुको प्रतिकृयाले पनि पुष्टि गरेको छ । गेहेन्द्र गिरी शेर बहादुर देउवाकाे नजिककाे पात्र मानिनुहुन्छ ।

मेयरको टिकट ल्याउन गएका बिमल रिजाल, नहकुल केसी, सुरेश हमाल, डिल्ली बहादुर बस्नेत, कृति बहादुर खड्का, घनश्याम रेग्मी लगाएत नेताहरु अहिले पनि  काठमाण्डौमै बस्नु भएको छ । बिमल रिजाललाई पूर्व सिंचाई मन्त्री दिपक गिरीको साथ थियो भने नहकुल केसीलाई लाई डिल्ली चौधरीको साथ थियो ।यद्यपी आर्थिक, राजनीतिक, कुटनीतिक दृष्टिकोणले आिफुलाई तब्र विकास गर्नुभएका  सुरेश हमालको नाम पनि चर्चामै थियो ।

यता टिक ल्याउन काठमाण्डौ जानु भएका काँग्रेस पूर्व सभापति कृति बहादुर खड्काले अझै पनि आफुले टिकट पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।