२०८३ भाद्र २५ गते बिहिवार

तुलसीपुरको ३० औं स्थापना दिवस, विविध कार्यक्रम गरेर मनाइदै

तुलसीपुर, २९ चैत्र ।  तुलसीपुर उपमहानगरपालिकाले ३० औं स्थापना दिवस मनाउन लागेको छ । बुधबार भोली विविध कार्यक्रमकोे आयोजना गरेर तुलसीपुर उपमहानगरपालिकाले ३० औं स्थापना दिवस मनाउन लागेको हो ।  दिवसका अवसरमा उपमहानगरपालिकाले ३० बर्षको अवधिमा गरेका कामको समिक्षा समेत  गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडैलले जानकारी दिनुभयो । २०४८ सालमा तुलसीपुर नगरपालिका स्थापना भएको हो ।  पहिलाे पटक  ३० बर्षको अवधिमा तीनपटक निर्वाचित जनप्रतिनिधी आएका थिए ।

यसैविच नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै ३० औं वर्ष पुरा गरेको अवसरमा सम्पूर्ण नगरबासीमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘यो ३० वर्षमा संघीयताको अभ्यासस्वरुप हामीले पछिल्लो पाँच वर्षमा नेतृत्व गर्ने अवसर पायौ । हामीले पाएको यो अवसरलाई यस क्षेत्रको समृद्धि, समुन्नती र विकासका लागि सदुपयोग गर्ने प्रयास गरिरहेका छौं । हामीले नेतृत्व गरेको पाँच वर्षमा देशैभर तुलसीपुर देखिने, सुनिने र अनुभुत गर्न सकिने भएको छ । हामीले सञ्चालन र निर्माण गरेका तुलसीपुर मेट्रो कलेज, तुलसीपुर मेट्रो हस्पिटल,तुलसीपुर आधुनिक वसपार्क, नमुना अटो भिलेज, फलफुल तथा तरकारी बजार लगायतका कुराहरुमा हामीले गरेका नमुनाका रुपमा रहेका छन् ।’ नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

मातृशिशु सुरक्षा कार्यक्रम, अन्धोपन निवारणका लागि उज्यालो तुलसीपुर अभियान,  विकट वडामा एम्बुलेन्स सञ्चालन, खरको छानो विस्थापन, एक वडा एक खेल मैदान,सामुदायिक विद्यालय सुधार कार्यक्रम, स्मार्ट छोरी कार्यक्रम, न्यानोकपडा वितरण, लगायतका कामहरु प्रदेश र संघ सरकारका लागि समेत सिकाईको माध्यम भएको बताउँदै तुलसीपुर विकास प्राधिकरणमार्फत विकट वडालाई सडक सञ्जालले जोडेर निकट वनाउने काम आफुहरुले सुरु गरेको बताउनुभयो ।

तुलसीपुर साच्चिकै देशैभरका जनताले चर्चा गर्ने भएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेले स्थापनाको ३० वर्ष पुगेको अवसरमा सम्पूर्ण तुलसीपुर नगरबासीहरुलाई शुभकामना व्यक्त गर्दै नगरको समृद्धिका लागि निरन्तर कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।