२०८३ जेष्ठ २३ गते शनिवार

राजनितिक दललाई चुनावको चटारो तर मजदुरलाई पेट पाल्न मुस्किल

तुलसीपुर, २३ चैत ।स्थानिय तहको निर्वाचन आउन अब ३७ दिन मात्रै बाँकी छ । आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी रौनकता बढ्दै छ । राजनितिक दलहरु चुनावी नारा लगाउदै शहर देखी गाउँगाउँ पुगेका छन् ।राजनितिक दलहरुले उमेदवार छान्न व्यस्त देखीएका छन भने उमेदवार बन्ने आकांक्षीहरुले धमाधम नाम सार्वजनिक गर्न थालेका छन् । जताततै चुनावी चहलपहल तथा चर्चा सुरु भएको छ । आउदो चुनावमा कसरी जित्ने भन्ने उनीहरुलाई चिन्ता छ । तर तुलसीपुरको पातुखोलामा गिट्टी कुट्ने मजदुहरुलाई भने साँझ विहान छाक कसरी टार्ने भन्ने चिन्ता छ ।

आम्दानीको अन्य कुनै श्रोत नभएपछि पेट पाल्नकै लागी तुलसीपुरकी बिमला योगीले पातुखोला छेउमै गिट्टी कुट्न थालेको एक दशक पुग्यो ।खोलाको छेउमै बसेर गिट्टी कुटेर दैनिकी चलाउदै आउनु भएकी उहालाई भोको पेट पाल्नका लागी पातुखोला छेउमै बस्नु परेको छ । उहा जस्तै अर्का मजदुर रुपा विकले पनि पातुखोला छेउमै गिट्टी कुट्न थालेको एक दशक बढि भयो ।उमेरले ५० वर्ष नाघी सक्नु भएकी उहाले यसरी गिट्टी कुट्नु रहर नभई बाध्यता हो । हातमा फोका र ठेला बस्ने गरी दिनरात गिट्टी कुटे पनि घरखर्च चलाउन भने धौ धौ भएको छ ।गर्मि होस वा हिउँद ,घाम होस वा पानी । यसरी नै उनीहरुको गिट्टी बालुवा संगै दैनिकी चल्दै आएको छ । काम गर्न धेरै दुःख हुने तर आम्दानी थोरै हुदा उनीहरु निरास देखीन्छन ।

जति सरकार आए पनि आफनो लागी कसैले केहि नगरेको उहाको भनाई छ । हरेक क्षेत्रको मुल्य बृद्धि हुदा आफुहरुको बर्षौ देखी एक टिपको दुई हजार रुपैयामा गिट्टी विक्रि गरेको अर्का मजदुर सिता नेपालीले बताउनुभयो । राज्यले अरु दिन नसकेपनि गिट्टी कुट्नेहरुका लागी गिट्टीको मुल्य बढाई दिए राम्रो हुने उहाको भनाई छ । एक टिप गिट्टी कुट्न कयौँ दिन लाग्छ , कति धौ छ, दुःख छ तर मुल्य भने थोरै छ । जताततै क्रसर उद्योग खुल्न थालेपछि आफुहरुले कुटेको गिट्टी विक्रि हुन छोडेको उहाले बताउनुभयो । मेरो अरु कुनै पैसा कमाउने बाटो छैन ,उहाले भन्नुभयो यहि गिट्टी कुट्ने हो तर अहिले यहि पनि विक्रि हुदैन ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया